सत्ता र शक्ति पार्टीको लक्ष्य होइन, साधन मात्र हुन् : सभापति थापा
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले संगठनलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । दिवंगत नेता श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आत्मा र आदर्श नमर्ने गरी पार्टीभित्रका असमझदारीहरूलाई मिलाएर लैजाने बताएका हुन् ।
भोलिदेखि शुरू हुने केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकताका सन्दर्भमा महत्वपूर्ण निर्णय लिने उनको भनाइ छ । 'कांग्रेसलाई नयाँ बनाउनु भनेको यसको ऐतिहासिक जग पहिल्याउनु र मौलिकतामा फर्किनु हो,' उनले भने, 'कांग्रेसलाई सत्ता र शक्ति चाहिन्छ, तर त्यो केवल नागरिकको भलोका लागि मात्र हो । सत्ता र शक्ति पार्टीको लक्ष्य होइन, साधन मात्र हुन् ।'
Read full story at source (lokaantar.com)