किएभमा रूसी आक्रमण, ३ जनाको मृत्यु
ratopati.com · Sat Aug 08 06:16:38 GMT 2026

किएभ । युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण एक जना बच्चासहित ३ जनाको मृत्यु भएको क्षेत्रीय सैन्य अधिकारीले शनिबार जानकारी दिएका छन् भने किएभले प्रति आक्रमणमा ब्यालेस्टिक मिसाइलको प्रक्षेपण गर्ने चेतावनी दिएको छ ।
पछिल्लो समयमा मस्कोले युक्रेनका विभिन्न क्षेत्रमा आफ्ना आक्रमणहरू उल्लेखनीय रूपमा बढाएको जनाइएको छ । किएभको उत्तरपूर्वी ब्रोभरी जिल्लामा भएको आक्रमणमा पीडितहरुको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले टेलिग्राम मार्फत जनाएका छन् ।
Read full story at source (ratopati.com)