अमेरिकी गुप्तचर निकायको रिपोर्ट - रूसले केही वर्षभित्र नाटो राष्ट्रमाथि आक्रमण गर्न सक्छ
nepalviews.com · Sat Aug 08 06:18:12 GMT 2026

काठमाडौं । अमेरिकी गुप्तचर निकायले तयार पारेका पछिल्ला रिपोर्टले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही वर्षभित्र नाटो (NATO) को एकता र सामूहिक सुरक्षा प्रतिबद्धताको परीक्षण गर्न कुनै सदस्य राष्ट्रमाथि सीमित प्रकृतिको आक्रमण गर्नसक्ने आकलन गरेका छन् ।
रिपोर्टबारे जानकारी भएका तीन स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएअनुसार रूसले नाटोविरुद्ध साइबर आक्रमणदेखि सानो स्तरको सीमावर्ती सैन्य हस्तक्षेपसम्मका विभिन्न विकल्प अपनाउन सक्ने सम्भावना औँल्याइएको छ । यस्तो कदमको उद्देश्य नाटोको एकता र सन्धिको धारा–५ (एक सदस्यमाथिको आक्रमण सबै सदस्यहरूमाथिको आक्रमण मानिने व्यवस्था) कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने परीक्षण गर्नु हुन सक्ने रिपोर्टमा उल्लेख छ ।
Read full story at source (nepalviews.com)