अरूको सुरक्षा गर्ने सशस्त्र प्रहरी आफैं असुरक्षित
annapurnapost.com · Sat Aug 08 06:22:44 GMT 2026

मुगु : प्राकृतिक विपद होस् वा शान्ति–सुरक्षाको जिम्मेवारी, अग्रपंक्तिमा देखिने सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी सदरमुकाम गमगढीमा भने आफैं असुरक्षित वातावरणमा बस्न बाध्य छन् । नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि चौबीसै घण्टा खटिने सुरक्षाकर्मीहरू अहिले पहिरो, ढुंगा र जीर्ण भौतिक संरचनाको जोखिमबीच सेवा दिइरहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४५ गुल्मको कार्यालय हाल साविक श्रीनगर गाविसको ढुंगा र काठबाट बनेको पुरानो भवनमा सञ्चालन हुँदै आएको छ । भवन जीर्ण मात्र होइन, माथिबाट ढुंगा खस्ने र तलतिर पहिरो जाने उच्च जोखिममा रहेकाले त्यहाँ कार्यरत सुरक्षाकर्मी हरेक दिन त्रासका बीच ड्युटी गर्न बाध्य छन् । गुल्मको कार्यालय वरिपरिको अवस्था हेर्दा जोकोहीलाई प्रश्न उठ्छ—अरूको सुरक्षा गर्ने सुरक्षाकर्मी स्वयं किन यति जोखिमपूर्ण स्थानमा बस्न बाध्य होला ? यसको मुख्य कारण सुरक्षित स्थानको अभाव हो ।
Read full story at source (annapurnapost.com)