कालिकोटको पलाँता अस्पतालमा चिकित्सकमाथि कुटपिट, नेपाल चिकित्सक संघको आपत्ति
ratopati.com · Sat Aug 08 06:26:10 GMT 2026

काठमाडौँ । कालिकोटस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भर्त्सना गरेको हो।
शुक्रबार अस्पतालमा सेवा दिइरहेका डा अली हैदर राईन लगायतका स्वास्थ्यकर्मीहरूमाथि एक समूहले आक्रमण गरी कुटपिट तथा दुर्व्यवहार गरेको थियो। अस्पताल जस्तो संवेदनशील क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको यस्तो अमर्यादित र निन्दनीय कार्यले समग्र स्वास्थ्य क्षेत्रलाई नै आतंकित बनाएको संघले उल्लेख गरेको छ।
Read full story at source (ratopati.com)