लिङ्देनको चेतावनी- जालझेल गरेर कमिटी कब्जा गर्ने, पदलाई व्यापारको अस्त्र बनाउने कुरा स्वीकार्य हुँदैन
nepalpress.com · Sat Aug 08 06:26:24 GMT 2026

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सङ्कटबाट मुक्त गर्नको लागि पार्टीलाई बलियो बन्नुपर्ने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीलाई नयाँ ढङ्ग, नयाँ सोच र नयाँ दृष्टिकोणका साथ जनताको माझमा लैजानुपर्ने बताए।
उनले भने, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूले निराश हुनुपर्ने छैन। हामीले चुनावमा केही सिट गुमायौँ। एउटा चुनाव तलामाथि भयो होला। तर राष्ट्रिय प्रजातन्त्र पार्टीको भविष्य समाप्त भएको छैन मात्र होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको विचार, राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको बाटो अझ अहिले आएर आवश्यक र अनिवार्य जस्तो प्रमाणित हुँदै गएको छ। यस्तो बेला मैदानबाट भाग्ने होइन, मैदान छाडेर लुक्ने होइन, सबै एकताबद्ध भएर अगाडि बढ्ने समय हो।’
Read full story at source (nepalpress.com)