‘बा : एक योद्धा’को गीत ‘नभन्नू कोइसित’ सार्वजनिक
ratopati.com · Sat Aug 08 06:30:29 GMT 2026

काठमाडौँ । चलचित्र ‘बा : एक योद्धा’को लोकलयमा आधारित गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ। हरि लम्सालको शब्द तथा सङ्गीत रहेको यस गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर छ।
नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार पारिएको यस गीतले विवाह र उत्सवको झझल्को दिन्छ। भिडियोमा सुन्दर युवती देखेर युवकले गरेको घरजमको आग्रह र युवतीले गरेको अस्वीकारको कथा छ। युवकले जीवनसाथी बन्न आग्रह गरे पनि युवतीले बुवाआमाले खोजेको केटासँग विवाह गर्ने उत्तर दिएकी छन्।
Read full story at source (ratopati.com)