लागुऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
ratopati.com · Sat Aug 08 07:05:14 GMT 2026

काठमाडौँ । प्रहरीले सर्लाहीबाट लागुऔषध मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर–५ घर भएका ४५ वर्षीय मित्रकुमार गौतम र ४० वर्षीय राम उदगार महतो छन् ।
लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो । खैरो हेरोइन ५१ ग्राम ९२० मिलिग्राम बरामद भएको कसुरमा दुवैजना फरार थिए ।
Read full story at source (ratopati.com)