पलाँता अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने ३ जना पक्राउ
ratopati.com · Sat Aug 08 07:28:23 GMT 2026

काठमाडौँ । कालिकोटको पलाँता गाउँपालिका वडा नं ९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र अभद्र व्यवहार गर्नुका साथै अस्पतालभित्र अनधिकृत रूपमा प्रवेश गरी तोडफोड गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो शुक्रबार भएको उक्त घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेश खत्रीले जानकारी दिए । यसैबिच नेपाल चिकित्सक सङ्घले घटनामा संलग्न दोषीलाई कारबाहीको माग गरेको छ ।
Read full story at source (ratopati.com)