बडीमालिकामा भदौ १ देखि पूजा आरम्भ
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
बाजुरा। धर्तीको भू-स्वर्ग बाजुराको पर्यटकीय, ऐतिहासिक र धार्मिक आस्थाको धरोहर बडीमालिकामा यस वर्षको जनैपूर्णिमा मेला पूजा आरम्भ भदौ १ गते अर्थात् श्रावणशुक्लपक्षको पञ्चमी तिथिबाट शुरू हुने भएको छ।
बडीमालिकामा मुख्य पूजा जनपूर्णिमाको अघिल्लो दिन अर्थात् श्रावणशुक्ल चतुर्दर्शीका दिन हुने गर्छ। मुख्य पूजा भदौ ११ गते भए पनि तिर्थालु भक्तजनको भिडलाई मध्यनजर गर्दै भदौ १ गते श्रावणशुक्ल पक्षको पञ्चमी तिथिको दिन यज्ञ स्थापना गरेर पूजा आरम्भ गरिने मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्यायले बताए।
Read full story at source (hamrakura.com)