इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा
barnanmedia.com · Sat Aug 08 07:44:41 GMT 2026

काठमाडाैँ । इरान र ओमानबिच चलिरहेको वार्तामा सकरात्मक प्रगति भएको जनाउँदै वार्ता पछि रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज पुनः खुल्ने एक अमेरिकी अधिकारीले बताएका छन् । नाम न छाप्ने सर्तमा अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले इरान र ओमान, जलमार्गको सिमानामा रहेका दुई राष्ट्रहरू बिचको सम्झौताले व्यावसायिक तेल ढुवानी पुनः सुरु गर्न अनुमति दिँदै अमेरिकाले चाँडै सम्झौता हुने अपेक्षा गरेको जनाएको छ ।
अधिकारीले व्यावसायिक ढुवानी पुनर्स्थापना गर्ने सम्झौता घोषणा भए पछि संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी हटाउनेसमेत बताएको रोयटर्सले उल्लेख गरेको छ । आगामी कदमहरू इरानले आफ्ना दायित्वहरू कसरी पूरा गर्छ भन्ने विषयमा निर्भर हुने कुरामा जोड दिँदै अधिकारीले इरानले आफ्ना प्रतिबद्धताहरूको कार्यान्वयन गर्ने अमेरिकी अपेक्षा व्यक्त गरेका छन् ।
Read full story at source (barnanmedia.com)