अम्बासेडर एकेडेमी र खालिबारी एफसी च्याम्पियन
neplays.com · Mon Aug 31 14:08:00 GMT 2026
काठमाडौं। नमुना स्पोर्ट्स क्लब, गोदावरीको आयोजनामा गोदावरी–३, ललितपुरमा सम्पन्न ‘दिनेश स्मृति गाईजात्रा फुटबल प्रतियोगिता’को महिलातर्फको उपाधि अम्बासेडर एकेडेमी र पुरुषतर्फको उपाधि खालिबारी एफसीले जितेको छ।
भदौ १२ र १३ गते दुई दिन सञ्चालन भएको प्रतियोगिताको फाइनलमा खलिबारी एफसीले टीएसएसलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा पुरुषतर्फ १२ टोलीको सहभागिता रहेको थियो।
Read full story at source (neplays.com)