जनस्वास्थ्य कार्यालय काठमाडौँमा स्तनपान कक्षको स्थापना
ratopati.com · Sat Aug 08 08:01:48 GMT 2026

काठमाडौँ । जनस्वास्थ्य कार्यालय काठमाडौँले स्तनपान कक्षको स्थापना गरेको छ । काठमाडौँको टेकुस्थित आफ्नो कार्यालयमा शुक्रबारदेखि सञ्चालन हुनेगरी स्तनपान कक्षको उद्घाटन गरिएको हो । उक्त स्तनपान कक्षको प्रयोग जनस्वास्थ्य कार्यालयका कर्मचारी तथा काठमाडौँ जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्यकर्मीले गर्ने बताइएको छ । विश्व स्तनपान सप्ताहको अवसर पारेर स्तनपान कक्षको स्थापना गरिएको हो ।
‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानको लागि सबैको साथ’ भन्ने मूल नाराका साथ यस वर्षको स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
Read full story at source (ratopati.com)