प्रज्ञा प्रतिष्ठानको नियुक्तिपछि भीम रावलको टिप्पणी– ‘बालेनको झिक्कै झिक्कै माया नक्कली रहेछ’
ratopati.com · Sat Aug 08 08:11:55 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले सरकारले तीन वटा प्रज्ञा प्रतिष्ठानमा गरेको पदाधिकारी तथा सदस्यहरूको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारले गरेको नियुक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आएको सुशासन, न्याय र निष्पक्षताको कुनै झल्को नदेखिएको आरोप उनले लगाएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार गत मङ्गलबार प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठानमा ३५, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा २४ र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा २४ गरी कुल ८३ जना प्राज्ञसभा सदस्य मनोनीत गरेका थिए।
Read full story at source (ratopati.com)