दलित समुदायका थर सूचीकरण गर्नु अघि मन्त्रालयद्वारा सुझाव माग
nagariknews.nagariknetwork.com · Sat Aug 08 08:10:45 GMT 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग रायसुझाव र प्रतिक्रिया माग गरेको छ।
राष्ट्रिय दलित आयोगले प्रचलित कानुनबमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिससहित मन्त्रालयमा विवरण पठाएको थियो। उक्त सिफारिसका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, सरोकार भएका व्यक्ति तथा सङ्घसंस्था, विज्ञ र आमनागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)