गिलासमा मन्द विष
nepalnews.com · Sat Aug 08 08:15:01 GMT 2026

काठमाडौँ गोल्फुटारको एउटा डेरी पसलमा बूढानीलकण्ठतिरबाट असिनपसिन हुँदै साइकल चलाएर आएका तीनचार जना किशोरहरूले मोही मागे। डेरी सञ्चालकले प्लास्टिकको पोकामा मोही दिन सक्ने बताए तर समस्या उही पुरानै, तुरुन्तै पिउने कसरी? न त्यहाँ गिलास उपलब्ध थियो, न त सुर्किने स्ट्र नै। केही सेकेन्डको अन्योलपछि ती किशोरहरू छेउकै ‘कोल्ड स्टोर’ भनिने फ्रिजसहितको किराना पसलतिर मोडिए, बहुराष्ट्रिय कम्पनीको चम्किलो रङको बोतल किने र आफ्नो प्यास मेटाएको अनुभूति गर्दै बाटो लागे।
डेढ वर्ष जतिअघि बुटवलको एउटा थकाली भान्छाघरमा ‘पेट बोतल’ मा बुद्धभूमि ब्रान्डको मोही भेट्दा यो पंक्तिकार एकाएक दंग परेको थियो। तर, गोल्फुटारको त्यस दृश्यले मन खिस्रिक्क बनायो। बहुराष्ट्रिय कम्पनीहरूले हाम्रा आफ्नै रैथाने पेय पदार्थ र संस्कारमा फेरि एकपल्ट जित हासिल गरे। यो जित रोपाइका क्रममा पनि देखिएकै हो, मोही र जाँडको सट्टामा रोपारहरूको प्रिय भइसकेको छ, ‘कोल्ड ड्रिंक्स’। घरमा पाहुना आउँदा होस् वा कुनै सानोतिनो कार्यक्रम, विवाह होस् वा व्रतबन्ध वा छेवर, ल्होसार, उँभौली, उँधौली, माघी, बिशु, होली, तिज, दसैँ, तिहार सबको महत्त्वपूर्ण अंग बनिसकेको छ, कोल्ड ड्रिंक्स।
Read full story at source (nepalnews.com)