राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्तसहित तीन पदका लागि दरखास्त आह्वान
ictsamachar.com

काठमाडौं । राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्तसहित तीन पदमा नियुक्तिका लागि आवेदन खुला गरिएको छ । पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले सूचना प्रकाशित गर्दै एक प्रमुख सूचना आयुक्त र दुई सूचना आयुक्तका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । दुई सूचना आयुक्तमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।
इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित २०८३ साउन २८ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन राष्ट्रिय सूचना आयोग, तिपुरेश्वरस्थित पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयमा प्रत्यक्ष बुझाउन वा [email protected] इमेलमार्फत पठाउन सकिनेछ ।
Read full story at source (ictsamachar.com)