आमा समूहले गरे तीजका लागि संकलित १ लाख ५ हजार प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण
setopati.com · Mon Aug 31 14:15:05 GMT 2026

पोखरा–१३, बी.पी. मार्ग स्थित 'ख' आमा समूहले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज मनाउनका लागि संकलन गरेको १ लाख ५ हजार ५ रुपैयाँ विपद् व्यवस्थापन तथा पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा दान गरेको छ।
चाडपर्वको खर्च कटौती गरी समाजमा विपद्मा परेका नागरिकहरूप्रति समर्पित हुने उद्देश्यले उक्त रकम कोषमा हस्तान्तरण गरिएको समूहले जनाएको छ।
Read full story at source (setopati.com)