गाडीका पार्टपुर्जाको अवैध कारोबारी व्यवसायी पक्राउ
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
बनेपा। अवैध रूपमा टाटा गाडीका नक्कली पार्टपुर्जा तथा लुब्रिकेन्टस आयात गरी बिक्री वितरण गरी उपभोक्ताहरू ठगी गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको टोलीबाट राजकुमार पोतेको बनेपा स्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा छापा मारी करोडौँ मूल्यका अवैध रूपमा आयात गरिएको नक्कली पार्टपुर्जा बरामद गरेको छ।
प्रहरीद्वारा निजको पसल र १० ओटा गोदाममा सिलबन्द गरी निजलाई पक्राउ गरेको छ। निज यस अगाडी पनि बारम्बार राजस्व ठगीको केसमा पक्राउ गरी कारबाहीमा परेका व्यक्ति हुन।
Read full story at source (hamrakura.com)