स्नातक तह अन्तिम नतिजाको ४५ दिनभित्र स्नातकोत्तर तहको भर्ना गरिसक्नुपर्ने
ratopati.com · Sat Aug 08 09:27:02 GMT 2026

काठमाडौँ । सरकारले ‘उच्च शिक्षाको प्रस्तावित राष्ट्रिय क्यालेन्डर २०८३/०८४’ कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगको सिफारिस अनुसार सो परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेको हो ।
कक्षा १२ को नतिजा सार्वजनिक भएको समयलाई मुख्य आधार मानेर तयार पारिएको यस क्यालेन्डरले विश्वविद्यालयहरूमा भर्ना आवेदन, प्रवेश परीक्षा, पठनपाठन, आन्तरिक मूल्याङ्कन, अन्तिम परीक्षा र नतिजा प्रकाशनसम्मका सम्पूर्ण गतिविधिहरूलाई एउटै एकीकृत तालिका र मापदण्डभित्र ल्याउने अपेक्षा गरिएको छ ।
Read full story at source (ratopati.com)