नियमित कोटाको रासायनिक मल वितरण सुरु
khabarhub.com · Sat Aug 08 09:32:38 GMT 2026

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ। धनुषा र महोत्तरीमा धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला कम्पनीले डीएपी र युरिया मल वितरण थालेको हो।
मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साउन ११ गतेको निर्णयअनुसार धनुषाका लागि ९७९ मेट्रिक टन डीएपी र ९२६ मेट्रिक टन युरिया तथा महोत्तरीका लागि ९३१ मेट्रिक टन डीएपी र ८८० मेट्रिक टन युरिया वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए।
Read full story at source (khabarhub.com)