एउटै ग्यास सिलिण्डर सात हजारमा बेचेको आरोपमा बिक्रेता पक्राउ
annapurnapost.com · Sat Aug 08 09:32:13 GMT 2026

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित बारुदखाना चोकमा खाना पकाउने ग्यासको कालोबजारी गरेको अभियोगमा एक ब्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ब्यापारी तुलसीराम त्वयना रहेका प्रहरीले जनाएको छ ।
त्वयना किराना पसलको सञ्चालक रहेका उनले खाना पकाउने एलपी ग्याँस उपभोक्तालाई प्रतिसिलिण्डर ७ हजार रुपैयाँको दरले बिक्री बितरण गरेको अभियोग छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट प्रहरी नायब निरीक्षक खिलबहादुर दुलालको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार बिहान ब्यापारी त्ययनालाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी बृत्त थिमिमा ल्याइएको बृत्तका प्रहरी निरीक्षक राजन थापाले बताएका छन् ।
Read full story at source (annapurnapost.com)