गुगलको नयाँ फोल्डेबल फोन ‘पिक्सेल ११ प्रो फोल्ड’ आउँदै, अगस्ट १२ मा सार्वजनिक हुने
kalakarmi.com · Sat Aug 08 09:54:16 GMT 2026

काठमाडौं- गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो फोल्डको पहिलो आधिकारिक टिजर सार्वजनिक गरेको छ । आगामी अगस्ट १२ मा हुने औपचारिक सार्वजनिक कार्यक्रमअघि कम्पनीले सार्वजनिक गरेको छोटो भिडियोले नयाँ डिभाइसको प्रारम्भिक झलक दिएको हो ।
टिजर भिडियोमा स्मार्टफोनको बाहिरी आकृति, भित्री डिस्प्ले तथा पछाडिको क्यामेरा मोड्युल देखाइएको छ । सार्वजनिक गरिएको झलकअनुसार पिक्सेल ११ प्रो फोल्डको क्यामेरा डिजाइन अघिल्लो मोडेल पिक्सेल १० प्रो फोल्डसँग मिल्दोजुल्दो देखिन्छ । यसअघि सार्वजनिक भएका विभिन्न लिक तथा रेन्डरहरूका अनुसार नयाँ फोल्डेबल स्मार्टफोनको डिजाइनमा ठूलो परिवर्तन नआउने अनुमान गरिएको छ ।
Read full story at source (kalakarmi.com)