अग्रगामी मोर्चाले समानता र सामाजिक न्यायलाई प्राथमिकता दिनेछ : जनार्दन शर्मा
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ। विभिन्न राजनीतिक दलहरूको सहभागितामा ‘अग्रगामी मोर्चा’ घोषणा गरिएको छ। शनिबार आयोजित कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रमुख नेता जनार्दन शर्माले मोर्चाको अवधारणापत्र प्रस्तुत गर्दै समानता, स्वतन्त्रता, सुशासन, संघीयता, सामाजिक न्याय, समावेशिता, धर्मनिरपेक्षता तथा आर्थिक विकास र सामाजिक-आर्थिक रूपान्तरणलाई प्राथमिकता दिने राजनीतिक शक्तिहरूको साझा मोर्चाका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताए।
अवधारणापत्र प्रस्तुत गर्दै शर्माले शोषित, उत्पीडित तथा बहिष्करणमा पारिएका सीमान्तकृत समुदायलाई एकताबद्ध गरी राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका साथै जातीय, लैङ्गिक र वर्गीय मुक्तिका लागि निरन्तर संघर्ष गर्ने मोर्चाको उद्देश्य रहेको बताए।
Read full story at source (hamrakura.com)