जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो : उपेन्द्र यादव
ratopati.com · Sat Aug 08 10:02:42 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जेनजी आन्दोलनका कारण देशको स्वाधीनता खतरामा परेको बताएका छन् । शनिबार आठ दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष यादवले देशको स्वाधीनता खतरामा परेका कारण अग्रगामी मोर्चा गठन गरिएको बताए । देशमा धेरै राजनीति परिवर्तन भएको तर उत्पीडित समुदायले न्याय नपाएको बताउँदै उनीहरूलाई न्याय दिलाउन अग्रगामी मोर्चा अगाडि बढेको उनले बताए ।
Read full story at source (ratopati.com)