वर्षाका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध
nepalviews.com · Sat Aug 08 10:01:42 GMT 2026

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक भासिँदा राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार शनिबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाका महत्त्वपूर्ण सडकखण्डमा यातायात प्रभावित भएको छ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाउने व्यवस्था गरिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ।
Read full story at source (nepalviews.com)