ग्यास वितरणको अवस्था बुझ्न मन्त्री यादव स्थलगत अनुगमनमा
annapurnapost.com · Sat Aug 08 09:56:14 GMT 2026

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास बितरणको अवस्थाबारे स्थलगत अनुगमन गरेकी छन् । बजारमा खाना पकाउने ग्यास अभाव कायमै रहेपछि शनिबार मन्त्री यादवले बिभिन्न ग्यास उद्योगका साथै आयल निगमको टेकुस्थित बितरण केन्द्रको स्थलगत अनुगमन गरेकी हुन् ।
अनुगमनका क्रममा मन्त्री यादवले ग्यासको बितरण प्रक्रियाका बारेमा जानकारी लिदै छिटो भन्दा छिटो सहज रुपमा ग्यास पाउने अवस्था बनाउन निर्देशन दिएकी थिइन् । सो क्रममा नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साहले अहिले भारतबाट ग्यास आपूर्तिमा कुनै समस्या नदेखिएको भन्दै बितरण प्रणालीमा देखिएको समस्या छिटै समाधान हुने बताए ।
Read full story at source (annapurnapost.com)