दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव
nepalnews.com · Sat Aug 08 10:24:51 GMT 2026

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका दलित समुदायका थरहरूको सूची सार्वजनिक गर्दै सरोकारवाला निकाय, विज्ञ तथा आमनागरिकबाट रायसुझाव र प्रतिक्रिया माग गरेको छ।
राष्ट्रिय दलित आयोगले प्रचलित कानुनबमोजिम दलित समुदायका थरहरू सूचीकरण गर्न सिफारिससहितको विवरण मन्त्रालयमा पठाएको थियो। आयोगको सिफारिसका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, व्यक्ति तथा सङ्घसंस्था, विज्ञ र आमनागरिकको सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो।
Read full story at source (nepalnews.com)