समान विचारधारा भएका राजनीतिक दलबीच ‘अग्रगामी मोर्चा’ गठनको प्रस्ताव
nepalsamaya.com · Sat Aug 08 10:10:00 GMT 2026

काठमाडौं- लोकतन्त्र, सामाजिक न्याय, समानता, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने उद्देश्यसहित विभिन्न राजनीतिक शक्तिलाई समेटेर ‘अग्रगामी मोर्चा’ गठन गर्ने प्रस्ताव अघि सारिएको छ। मोर्चाको अवधारणापत्रमा मुलुकमा बढ्दो असमानता, विभेद, बहिष्करण र केन्द्रीकृत शासन प्रवृत्तिको अन्त्य गर्दै स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकार, विधिको शासन र सुशासनमा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।
अवधारणापत्रमा नेपालका बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतालाई सम्मान गर्दै पछाडि पारिएका तथा सीमान्तकृत समुदायको उत्थानलाई प्राथमिकता दिने उल्लेख छ। मधेसी, आदिवासी जनजाति, थारू, महिला, दलित, मुस्लिम, पिछडावर्ग, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक समुदाय, युवा, श्रमिक, किसान तथा ज्येष्ठ नागरिकलाई राज्यका सबै तहमा अर्थपूर्ण सहभागिता र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने मोर्चाको प्रस्तावमा उल्लेख छ।
Read full story at source (nepalsamaya.com)