निर्मल पुर्जाको सम्मानमा सरकार र एनआरएनए नचुकोस् : शर्मा
ratopati.com · Sat Aug 08 10:26:57 GMT 2026

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका नेपाली प्रतिभाहरूको सम्मान र व्यवस्थापनमा सरकार र एनआरएनए नेतृत्व चुक्न नहुने बताएका छन्।
पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा निधन भएका विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को प्रसङ्ग निकाल्दै शर्माले उनको शव श्रद्धाञ्जलीका लागि नेपाल ल्याउनका लागि पहल गर्न एनआरएनएका पदाधिकारीहरू गम्भीर बन्नुपर्ने बताएका हुन् । पुर्जाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि लण्डन लैजाने तयारी भइरहँदा, त्यसअघि एक पटक नेपाल ल्याएर राजकीय सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्ने वातावरण मिलाउनु पर्नेमा उनले जोड दिए।
Read full story at source (ratopati.com)