डाक्टर, नर्सको समर्थनमा अभिनेत्री निशा अधिकारी
nagariknews.nagariknetwork.com · Sat Aug 08 10:20:00 GMT 2026

हालै कालीकोटमा अस्पतालमै छिरेर केही व्यक्तिहरुले त्यहाँ कार्यरत डाक्टर तथा नर्समाथि कुटपिट गरेको घटनापछि अभिनेत्री निशा अधिकारीले डाक्टर र नर्सको समर्थनमा बोलेकी छन्।
उनले कोरोना महामारीको समय सम्झिदै कृतज्ञता जनाउदै लेखिन, डाक्टर, नर्स र अस्पतालमाथि आक्रमण गर्नु स्वास्थ्य प्रणालीमाथि गम्भीर आक्रमण हो। स्वास्थ्यकर्मीलाई महत्वपूर्ण आधारस्तम्भ हो भन्दै उनले थपिन–‘उनीहरूलाई दोषारोपण, दुर्व्यवहार वा हिंसाको वातावरणमा काम गर्न बाध्य बनाउनु समाधान होइन। बरु, उनीहरूलाई गुणस्तरीय शिक्षा, निरन्तर सीप अभिवृद्धि र आधुनिक तालिमका अवसरहरू उपलब्ध गराउनु, सुरक्षित र सम्मानजनक कार्य वातावरण सिर्जना गर्नु, तथा आवश्यक स्रोत–साधन र पूर्वाधारमा लगानी गर्नु हाम्रो दायित्व हो।’
Read full story at source (nagariknews.nagariknetwork.com)