गुणस्तरीय शिक्षाका लागि सरकारको डिजिटल प्लेटफर्म ‘सिकाइ चौतारी’ सक्रिय
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल सरकारले गुणस्तरीय शैक्षिक सामग्रीमा सहज पहुँच विस्तार गर्न ‘सिकाइ चौतारी’ नामक आधिकारिक डिजिटल सिकाइ प्लेटफर्मलाई सक्रिय बनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा वेबसाइट र एप्समार्फत अघाइएको यो प्लेटफर्म विद्यालय तह (कक्षा १ देखि १२) सम्मका विद्यार्थी, शिक्षक र सरोकारवालाहरूका लागि प्रविधिमैत्री सिकाइको अवसर प्रदान गर्ने साझा डिजिटल मञ्च हो।
‘सबैका लागि शिक्षा, जहाँ पनि जहिले पनि सिक्नुहोस्’ भन्ने उद्देश्य बोकेको यस पोर्टलमा हालसम्म कक्षा १ देखि १२ सम्मका ५८ वटा पाठ्यक्रमहरू राखिएका छन्। प्रधानमन्त्री वालेन्द्र साह नेतृत्वको पहिलो मन्त्रिपरिषद्बाट पारित नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीमा समेत समाविष्ट यस पोर्टलमा हालसम्म ४० हजार ४४९ प्रयोगकर्ता सहभागी भइसकेका छन्, जसमा ३४ हजार २३१ शिक्षक, २ हजार ७५४ विद्यार्थी र अन्य ३ हजार ४६४ जना रहेका छन्।
Read full story at source (hamrakura.com)