बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
nepalsamaya.com · Sat Aug 08 10:31:32 GMT 2026

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
मोरङबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भएपछि अनियन्त्रित भएर सडकको नालामा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा धनुषाको गणेशमान नगरपालिका–७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्।
Read full story at source (nepalsamaya.com)