पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायको अपिल
Ujyaaloonline.com · Sat Feb 28 00:26:38 GMT 2026

पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले अपिल गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुवै देशलाई संयमित हुन र तनाव मत्थर पार्न आह्वान गर्नुभएको छ ।
यस्तै चीनसहित साउदी अरब र कतारले युद्ध रोक्नका लागि प्रयास थालेका छन् । उनीहरुको कूटनीतिक अभियान शुरु भएको हो । कतारसँगको समन्वयमा साउदी अरबले पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
Read full story at source (Ujyaaloonline.com)