सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित
nepalpress.com · Sat Aug 08 11:00:58 GMT 2026

नवलपरासी (बर्दघाट सुुस्ता पश्चिम) पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् । सुस्ता गाउँपालिका(५ मा नारायाणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो ।
नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन् । ‘सुस्ता बचाउ अभियान’का प्रवक्ता रवीन्द्र जैसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयको सक्रियतामा बाँध निर्माण गरिएको जनाउँदै गएरातिदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान सुरु भएको बताए ।
Read full story at source (nepalpress.com)