टी–२० विश्वकप क्रिकेटको सुपर–एटमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हरायो
Ujyaaloonline.com · Sat Feb 28 00:40:22 GMT 2026
आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–एटमा हिजो भएको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ४ विकेटले हराएको छ । श्रीलंकाको कोलम्बोमा एक सय ६० रनको लक्ष्य इंग्ल्यान्डले ३ बलअघि ६ विकेट गुमाएर भेट्टायो । टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो ।
न्युजिल्यान्डले यो खेल जितेको भए सेमिफाइनलमा पुग्ने थियो । तर अब टोली पाकिस्तान र श्रीलंकाबीच आज हुने समूह–२ को सुपर–एट खेलको नतिजा पर्खनुपर्नेछ । तालिकामा न्युजिल्यान्डको ३ र पाकिस्तानको १ अंक छ भने श्रीलंका पहिलो दुवै खेलमा पराजित भइसकेको छ ।
Read full story at source (Ujyaaloonline.com)