हर्मुज जलमार्गमा सुरक्षित जहाज आवागमनका लागि इरान–ओमान सहमतिनजिक
barnanmedia.com · Sat Aug 08 11:09:54 GMT 2026

इरान र ओमान हर्मुज जलमार्गको व्यवस्थापनसम्बन्धी सम्झौताको प्रारम्भिक रूपरेखामा सहमतिनजिक पुगेका छन् । इरानी सञ्चारमाध्यमहरूका अनुसार दुवै देशबीच समुद्री व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने विषयमा महत्त्वपूर्ण प्रगति भएको छ ।
इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता हसन घाशघाभीले सरकारी समाचार संस्था आईआरएनएसँग कुरा गर्दै हर्मुज जलमार्ग मार्फत हुने जलयातायात व्यवस्थापनसम्बन्धी सम्झौताको अन्तिम मस्यौदा तयार हुने चरणमा पुगेको बताएका छन् । उनका अनुसार सम्झौताका विस्तृत विवरण चाँडै सार्वजनिक गरिनेछ ।
Read full story at source (barnanmedia.com)