सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि हामी नेपालले इन्स्टाबाट हटायो बैंकको क्यूआर
techpana.com · Thu Aug 27 06:16:57 GMT 2026

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका नाममा रकम सङ्कलन गर्दा सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि संस्था ‘हामी नेपाल’ले आफ्नो इन्स्टाग्राम पेजबाट बैंकको क्यूआर कोड हटाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत स्वीकृतिबिना राहतका नाममा मनपरी रकम नउठाउन चेतावनी जारी गरेपछि संस्थाले क्यूआर कोड हटाएर नगदको साटो जिन्सी सामान मात्र सङ्कलन गर्ने जनाएको छ ।
नगद सङ्कलनको चौतर्फी विरोध भएपछि स्पष्टीकरण दिँदै ‘हामी नेपाल’ले सामाजिक सञ्जालमा लेखेको छ, “हामीले नगदभन्दा पनि अत्यावश्यक राहत सामग्री (जिन्सी) सङ्कलन गरिरहेका छौँ । प्रत्यक्ष सामान सहयोग गर्दा प्रभावित क्षेत्रमा छिटो वितरण गर्न सहज हुनुका साथै वित्तीय कारोबारमा हुने झन्झटबाट पनि जोगिन सकिन्छ ।”
Read full story at source (techpana.com)