एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा दैवीप्रकोप उद्धार कोषमा १ करोड सहयोग घोषणा
news24nepal.tv · Thu Aug 27 06:23:03 GMT 2026

काठमाडौं । र सुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा गएको पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूको पीडा न्यूनीकरण गर्न तथा उद्धार र राहत कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो। एक्स्ट्रिम इनर्जी ड्रिंक्सले सम्पूर्ण बाढी–पहिरो प्रभावित नागरिकहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
Read full story at source (news24nepal.tv)