सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ। पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१० बनगाउँमा मोटरसाइकल दुर्घटना हुँदा तुलसीपुर-११ नवलपुरका २८ वर्षीय राजेन्द्र केसीको घटनास्थलमै मृत्यु भएको छ। नवलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.३प ५००४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
त्यस्तै, दाङकै गढवा गाउँपालिका-३ गोबरडिहामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ४७ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ।
Read full story at source (hamrakura.com)