कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल
ratopati.com · Sat Aug 08 12:02:34 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको सम्मान तथा शुभकामनामा उनले पार्टीले असोजको १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताए ।
“कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ, उक्त बैठकले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेबारे निर्णय गर्छ”, उनले भने । उनले पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने र अल्मल्याउने काम भइरहेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ता सचेत हुनुपर्ने बताए ।
Read full story at source (ratopati.com)