अमेरिकी गुप्तचर निकायको आकलन : पुटिनले नेटोको एकता परीक्षण गर्न आक्रमण गर्न सक्छन्
annapurnapost.com · Sat Aug 08 11:58:59 GMT 2026

अमेरिका : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही वर्षभित्र नेटोको दृढता परीक्षण गर्न गठबन्धनमा आबद्ध कुनै एक देशमाथि सीमित आक्रमण गर्न सक्ने अमेरिकी गुप्तचरले जनाएको छ । रिपोर्टबारे जानकार तीन स्रोतले यस्तो आकलन गरेका हुन् । गुप्तचर आकलनमा रुसले गर्न सक्ने सम्भावित विस्तारका विभिन्न परिदृश्य उल्लेख छन् ।
यसमा साइबर आक्रमणदेखि सानोस्तरको सैन्य घुसपैठसम्मका विकल्प छन् । यस्ता गतिविधिको उद्देश्य नेटोको एकता र धारा ५ प्रतिको प्रतिबद्धता परीक्षण गर्नु हुन सक्ने स्रोतहरूले बताएका छन् । धारा ५ अनुसार नेटोका कुनै एक सदस्य राष्ट्रमाथिको आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमण मानिन्छ । तर रुसले यस्तो कदम चाल्दा नेटोले सामूहिक सैन्य प्रतिक्रिया दिनुपर्ने सीमासम्म नपुग्ने गरी कदम चाल्न सक्ने आकलन गरिएको छ ।
Read full story at source (annapurnapost.com)