दलित समुदायका थर सूचीकरण गर्नुअघि मन्त्रालयद्वारा सुझाव माग
ratopati.com · Sat Aug 08 12:13:30 GMT 2026

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग रायसुझाव र प्रतिक्रिया माग गरेको छ ।
राष्ट्रिय दलित आयोगले प्रचलित कानुनबमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिससहित मन्त्रालयमा विवरण पठाएको थियो । उक्त सिफारिसका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, सरोकार भएका व्यक्ति तथा सङ्घसंस्था, विज्ञ र आमनागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो ।
Read full story at source (ratopati.com)