वैशाख यता विपद्बाट २०५ जनाको मृत्यु
ratopati.com · Sat Aug 08 12:19:22 GMT 2026

काठमाडौँ । चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्मको अवधिमा देशभर कुल ४ हजार ४ सय ८ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको बुलेटिनअनुसार यस अवधिमा विपद्का कारण कुल २०५ जनाले ज्यान गुमाएका छन् भने ५ जना बेपत्ता र १ हजार ३ सय २४ जना घाइते भएका छन् ।
प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख यता सबैभन्दा बढी मानवीय क्षति सर्पदंशका कारण भएको छ । सर्पदंशका ८ सय १ घटनामा परी ५९ जनाको मृत्यु र ७ सय ४९ जना घाइते भएका छन् ।
Read full story at source (ratopati.com)