मन्त्री लम्सालले भने– सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ
nepalnews.com · Sat Aug 08 12:39:52 GMT 2026

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने बताएका छन् । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा मन्त्री लम्सालले पत्रकारसँग प्रतिक्रिया दिँदै सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताए ।
मन्त्री लम्सालले कालोपत्र गर्न बाँकी रहेका सडकखण्डमा चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सडकखण्डको निर्माणसमेत अगाडि बढाइने जानकारी दिए ।
Read full story at source (nepalnews.com)