आठ राजनीतिक दलको अग्रगामी मोर्चा
nepalnews.com · Sat Aug 08 12:38:21 GMT 2026

काठमाडौँ। विभिन्न आठ राजनीतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका छन्।
काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमबीच जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आमजनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका हुन्। उनीहरूले संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाएका छन्।
Read full story at source (nepalnews.com)