महिलाको नेतृत्वमा दिगो चाडपर्व संस्कृतिको प्रवर्द्धन गर्ने ‘हरित उत्सव’ अभियान शुभारम्भ
barnanmedia.com · Sat Aug 08 12:26:01 GMT 2026

महिलाको नेतृत्वमा दिगो चाडपर्व संस्कृतिको प्रवर्द्धन गर्ने ‘हरित उत्सव’ अभियान आजदेखि शुभारम्भ गरिएको छ । चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यसहित ‘हरित उत्सवः परिवर्तनको नेतृत्व महिलाको हातमा’ अभियान आज ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा शुभारम्भ गरिएको हो ।
नेपाली कांग्रेसी मुख्य सचेतक वासना थापाले वातावरण संरक्षणका लागि पुनःप्रयोगको अभ्यासले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । “वातावरण संरक्षण हाम्रो जिम्मेवारी हो, संरक्षित हाम्रो सम्पदा र हरित वातावरणले सकरात्मक प्रभाव पार्छ, जलवायु परिवर्तन कुनै एक वर्ग वा समुदायको मात्र सरोकार नभई सबै नागरिकको साझा विषय हो”, उहाँले भन्नुभयो ।
Read full story at source (barnanmedia.com)