पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
annapurnapost.com · Sat Aug 08 12:40:17 GMT 2026

पोखरा : नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटीमार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको छ। पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित यो नयाँ सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स) सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको छ।
यसले गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बीवाईडी ग्राहकलाई अझ सहज, भरपर्दो र स्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराई अपनत्वको अनुभव दिलाउने अपेक्षा गरिएको छ। उक्त सर्भिस सेन्टरको उदघाटन प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए।
Read full story at source (annapurnapost.com)