रास्वपा महामन्त्री आचार्यको परिवारले गरे प्रधानमन्त्री राहत कोषमा १ करोड बढी सहयोग
ratopati.com · Mon Aug 31 14:38:36 GMT 2026

काठमाडौँ । भदौ १० गतेको विनाशकारी बाढी र त्यसबाट उत्पन्न सङ्कटको सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्य र अस्मिता पब्लिकेसनका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ठुलो परिमाणको आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
मुलुकमा आइलागेको प्राकृतिक विपत्तिका कारण पीडित भएकाहरूको उद्धार, राहत र पुनःस्थापनामा सघाउ पुर्याउने उद्देश्यले १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग कोषमा जम्मा गरिएको हो । महामन्त्री आचार्यका अनुसार यो सहयोग उनको व्यक्तिगत, अस्मिता पब्लिकेसन, काका मनोजकुमार शर्मा र परिवारका तर्फबाट संयुक्त रूपमा प्रदान गरिएको हो ।
Read full story at source (ratopati.com)