चार क्वीन्टल बढी गाँजासहित चार जना पक्राउ
nepallive.com · Sat Aug 08 12:46:34 GMT 2026

सुनसरी– जिल्लाको बराहक्षेत्र नगरपालिका-१ गुप्तबराहबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ सय १८ किलोग्राम सहित ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१३ बस्ने ३४ वर्षीय थमन राई, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-५ बस्ने २२ वर्षीया जिवनी राई, मोरङ कटहरी गाउँपालिका-३ बस्ने २६ वर्षीय अमर कामत र ३८ वर्षीय शंकर चौधरी रहेका छन् ।
Read full story at source (nepallive.com)